आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

टेनिस डबल्समा गण्डकीलाई स्वर्ण

टेनिस डबल्समा गण्डकीलाई स्वर्ण


  • ढाेरपाटन संवाददाता
  • मंसिर १३ २०८३, आइतबार

पोखरा / सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले थप स्वर्ण पदक हासिल गरेको छ । दशौं अन्तर्गत लन टेनिसको पुरुष डबल्सतर्फ गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाले स्वर्ण पदक जितेका हुन् ।

आजसम्पन्न फाइनल खेलमा गण्डकीका खड्का र करणले नेपाल आर्मीका राजवीर प्रधान र प्रणभ खनालको जोडीलाई हराएको हो । पहिलो सेटमा ६–७ ले पछि परेको गण्डकीले दोस्रो सेटमा ६–४ र तेस्रो सेटमा १२–१० को अंकले हराउँदै स्वर्ण पदक जितेको हो ।

पुरुषतर्फको एकल विधामा समेत गण्डकीको स्वर्ण र रजत पक्का छ । फाइनलमा प्रदिप र करण नै प्रतिस्पर्धा गर्नेछन् । सनिबार प्रदीपले नेपाल आर्मीका प्रणभ खनाललाई ६–२, ७–६, ७–५ को स्कोरले र गण्डकीकै करणले बागमतीका निशान श्रेष्ठलाई ६–२, ६–२ को स्कोरले हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->