पोखरा / दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बक्सिङमा गण्डकी प्रदेश कास्य पदकमै सीमित भएको छ । सुर्खेतस्थित मुख्य कभर्डहलमा आइतबार महिला ४८ केजी तौल समूहमा गण्डकीकी गृस्मा तामाङ सेमीफाइनलमा एपिएफकी बेमा गुरुङ संग पराजित भइन् ।
यस्तै पुरुष ७५ केजीतर्फ गण्डकीका रविन गुरुङ नेपाल आर्मीका गेसकुमार श्रेष्ठसंग पराजित भए । ९० केजीमा गण्डकीका सौगात गुरुङ आर्मीका गणेश प्रधानसं पराजित भए ।
उनीहरु सबै सेमीफाइनलमा पराजित भएका हुन् । ५७ केजी तौल समुहमा गण्डकीकी निशिका गुरुङले कोशी प्रदेशकी करुणा राईलाई ५–० अंकले हराउँदै कास्य जितेकी हुन् भने नेहा राईले कास्य जितेको टिम व्यवस्थापक सुमन कुमार श्रेष्ठले जानकारी दिए ।





