बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङमा विपद व्यवस्थापन पुर्व तयारी तथा सचेतना कार्यक्रम

मनाङमा विपद व्यवस्थापन पुर्व तयारी तथा सचेतना कार्यक्रम

स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लव, होटल व्यवसायिक, जेष्ठ नागरिक लगायतको सहभागीता


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७६, बिहिबार

मनाङ, ३ पुस – जिल्ला प्रहरी कार्यालयको आयोजनामा मनाङ चामे गाउँपालिकामा विपद ब्यवस्थापनको पुर्व तयारी तथा सचेतना कार्यक्रम समपन्न गरिएको छ । चामे गाउँपालिका वडा नं. ५ को वडा कार्यालयमा विपद ब्यवस्थापनको पुर्व तयारी, सचेतना तथा पर्चा वितरण कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा प्रहरी नायव निरिक्षक महेन्द्र पोख्रेलको नेतृत्वमा स्थानिय जनप्रतिनिधी, आमा समुह, युवा क्लव, होटल व्यवसायिक, जेष्ठनागरिक लगायतको सहभागीतामा सो कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी टीकावहादुर कार्कीले वताए । जाडो र चिसो मौसम भएपनि यहाँको प्रहरी आफ्नो दैनिक कार्य र नागरिकप्रतिको जिम्मेवारीमा जुटीरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->