बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

 कविता : झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो

 कविता : झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो


  • भीम रावल
  • पुष ३ २०७६, बिहिबार

अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनि यो दियो
धुम्रबाराहीमा एउटा अभ्यास गरिँदै थियो,
एक्कासी धूवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैँ फुट्यो ।

रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो ।
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ?
विधि र पद्धति भन्ने क्षणभरमा नै धूलो भयो।

सत्ता-धन सबैथोक भए चाहियो साम्यवाद किन ?
शीर्ष भनी कहलिने नेता हो इमानले भन,
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइराख्न सबै छोडौं ।
जहाँ पाइन्छ सत्ता, धन यो जीवन त्यही नै जोडौँ ।

(नेकपाका नेता भीम रावलले स्थायी समिति बैठक २०७६ पुस २ गते वाचन गरेको कविता)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->