बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अक्षरयात्राको १७३ औं श्रृंखला डेढगाउँमा सम्पन्न

अक्षरयात्राको १७३ औं श्रृंखला डेढगाउँमा सम्पन्न


  • Dhorpatan News
  • पुष २० २०७६, आइतबार

पोखरा,२० पुस – ‘‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’’ नाराका साथ गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा प्रत्ेयक महिनाको तेस्रो शनिवार हुने नियमित कार्यक्रम अक्षरयात्राको १७३ औं श्रृंखला बौदीकाली गाउँपालिका डेढगाउँमा सम्पन्न भयो ।सिद्धार्थ सामुदायिक सिकाई केन्द्रको स्थानीय व्यवस्थापन र साहित्यकार उज्वल ओझाको विशेष पहलमा कार्यक्रम डेढगाउँमा गरिएको थियो ।कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व गाउँपालिकाका प्रमुख दुर्गाबहादुर रानामगरले पोखरादेखि अक्षरयात्रा कार्यक्रम लिएर आइ दिएकोमा आयोजकलाई धन्यवाद दिंदै आफूले साहित्यको विकासमा सक्दो सहयोग गर्ने र आफ्नो गाउँपालिकाले पनि अक्षरयात्रा कार्यक्रम संचालन गर्दै आइरहेको जानाकारी दिनुभयो ।

गाउँपालिककाकी उपप्रमुख मायादेवी श्रेष्ठले कार्यक्रममा महिलाको सहभागिता कम भएको र आगामी दिनहरुमा महिलालाई सँगै लिएर यस्ता कार्यक्रममा हिंड्ने वचन दिंदै अफ्नो रचना पाठ गर्नुभयो ।प्रमुख प्रशासकीय अधिकृत विनोद खनाल, वरिष्ठ साहित्यकार लोकनाथ पोख्रेल, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, उज्वल ओझा, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली, गोपिचन्द्र रिजाल, नारायण प्रसाद कँडेल, श्याम श्रेष्ठ, पदम वि.क., मेघबहादुर ठाणा, कपिल शर्मा, धर्मलाल माली, दिलमाया श्रेष्ठ, महेन्द्र दराई, गंगा वि.क., प्रान्जल, संजीव पौडेल, विभू भुषाल, अर्चना थापा, नानुमाया नेपाली, याममाया थापा, महिमा वि.क., सौगात पोख्रेल, बसन्त बिनोद, लालमणि पोख्रेल, कल्याण पन्त, कुशल वि.क., अमृत क्षेत्री, कमला थापामगर, शोभा परियार, मैयाँ सुवेदी, टिकाराम सुनार र कमल सुवेदीले आआफ्नो रचना वाचन गरेका थिए भने शिलु र शिवाले नृत्य प्रदर्शन गरेका थिए ।

गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारी, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष हेमनाथ भट्टराईको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य यादवप्रसाद ओझाले राखेका थिए भने कार्यक्रमको संचालन उज्वल ओझा र त्रुपकले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->