शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कबिता : महाभारत

कबिता : महाभारत


  • अमृत घर्ती मगर
  • पुष २६ २०७६, शनिबार

चारैतिर
अाकाश-पाताल
सानाे क्षेत्रफल
सिमित भूगाेल
लाग्दथ्याे धेरै कुरा अटेकाे छ
साँच्चै गर्व हुन्थ्याे
सनसनी फैलिएकाे छ
सुगन्धले छाइरहेकाे छ
दुर्गन्ध टाधिईरहेकाे छ
यथार्थ धरातलमा टेकेर
चाैतर्फी सुन्दा
केवल काेलाहलमात्र छ
हेमन्त ऋतुकाे सुन्दर
टाकुरामा उभिँदा
गुट र उप-गुटका सिरेटाेले
थप्पड दिइरहन्छ कानमा
समिपकाे क्षितिजमा
वैरीका नयाँ
वसन्त बहार अाईरहेछ
उसले हामी वीचमा राेपेकाे
लालीगुराँश पाे फक्रिरहेछ
ढकमक्क परिरहेछन्
अन्तरविराेधका चमेलीहरु
हामी यति दावी गरिरहेछाैं हाम्राे
तर
अर्कैले सिउरीरहेछ
ऊ यति शाेभाएमान छ
गवार लुटका कुराले
ऊ यति गदगद छ हर्षले
कति बसिरहाैं निसास्सिएर
भाइ फुटका प्रदुषणले
देश अस्वस्थ छ
कुइरीमण्डल छ अराजकताले
समृद्धिकाे चुलाेमा
अस्वस्थ प्रतिस्पर्धा बलिरहेछ
मुट्ठिभर रमाउँने बगैंचामा
केहि भुनभुनाउँने पलासका फूलमा
कसै कसैले
देखेकाे शुभ-विहानीमा
चाैतर्फी चलिरहेछ
महाभारत

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->