नेपालकै जस्ताे अाकार भा काे बागलुङ त्याे जिल्ला
स्वर्ग नै जस्ताे त्याे पुण्य ठाउँ खाेजेर के मिल्ला !
शालिकग्राम बाेकि छेउमै बग्छिन् पबित्र ति कृष्णा
स्नान गर्दा माेक्ष नि मिल्ने हराउने बितृष्णा
विश्वकै दुर्लभ चक्रिए पत्थर देख्ने छाै त्यँहा गए
अनेक थरि शालिकग्राम भरि बन्या छ सङ्ग्राहलय
हात्ती है शुँडे जङगल भित्र विराज कालिका
उनैकी स्वरुप त्यँहि अल्लि माथि छन् अर्कि मालिका
प्रशिद्ध धाम चलेकाे नाम त्यँहि छ पन्चकाेट
त्यँहि वरिपरि ढपक्क फूल्दा गुँरास फूलका बाेट
भान हुन्छ त्यस्तै स्वर्गका टुक्रा हुन कि झैं खसेका
कृष्णाका तटमा उत्तर तिर थुम्का भै बसेका !
निगाले बाँसलाइ छेडेर भित्र खाेपेर त्यँही चित्र
नेपालकै प्रख्यात हुक्काकाे नलि बन्दछ बिचित्र
राडि र पाखी बुनिन्छ त्यँही नेपालकै छ राम्रो
विश्वमा बाग्लुङ्ग चिनाउने खालकाे उत्पादन त्याे हाम्राे
पहाडी भेगमा त्याे धाँसे मैदान खर्क र चउर
बुर्कुसि मार्दै खेल्दै पाे चर्छन मृग र नाउर
शिकारकाे समेत अारक्ष त्यँहि छ ढाेर पाटन
भिसा है लगाइ बिदेशी अाउछन् रमाइलाे साटन
नेपालकै काशी भनेर चिन्ने त्यँहि छ सानाे गाँउ
सुकृतीदत्त र वीरशाली जन्मेकाे त्यस्ताे ठाउँ
सबैले चिन्थे झाेलुङ्गे पुलकाे जिल्ला हाे भनेर
एशियै सामु चिनियाे अाज लामाे पुल बनेर
गण्डकी माथि बनेकाे पुलले दुई जिल्ला गाँसेकाे
उत्तर तर्फ धवलागिरी हिमाल हाँसेकाे
बिहानी सङ्गै झुल्किदा सुर्य पहाडी पाखामा
स्वागत गर्दै हाँस्दछ हिमाल टल्किन्छ अाँखामा
जन्मेकाे ठाँउ हुर्केकाे गाँउ कस्ले पाे भुल्दछ?
गर्वका साथ बाग्लुङ्गे भन्दा याे छाती फूल्दछ
(बाग्लुङ्ग मुलपानीमा जन्मेका कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइली का समेत लेखक हुन)





