बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : को होला त्यो ?

कविता : को होला त्यो ?


  • राधिका कल्पित
  • माघ १८ २०७६, शनिबार

को होला त्यो ?
म मरेको दशौँ बार्षिक पुण्यतिथिमा
आज पनि
हरेक बर्षको आज जस्तै
मेरो पत्र मञ्जूषामा
खस्यो एउटा कार्ड
जन्मदिनको शुभ-कामनाको ।

को होला त्यो ?
मेरो पोस्ट-बक्स नम्बर थाहा हुने
मेरो जन्म-दिन कहिल्यै नबिर्सने
तर यतिका बर्षसम्म पनि म मरेको थाहा नहुने ?

र तर्क गर्छु मनमनै
उसलाई साच्चिकै म मरेको थाहा नभएको हो
या
उसले मेरो मृत्युु स्विकार्न नसकेको ?
मलाइ बिर्सन नचाहेको हो
या
मेरो जन्म-दिन मनाइरहेको ?

को होला त्यो ?
मैले नचिनेको
मलाई कहिल्यै बिर्सन नसक्ने मान्छे ?

कलंकी , काठमाडौं

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->