शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सन्दर्भमा जनयुद्ध दिवस : जारी छ

सन्दर्भमा जनयुद्ध दिवस : जारी छ


  • अमृत घर्ती मगर
  • फाल्गुन १ २०७६, बिहिबार

उसका निम्ति
कहाँ हाे र !
वर्गसंघर्षमा हाेमिएकाे
उसकाे याेजनामा चलेपनि
उसकै अादेश माने पनि
सपना भने अलि फरक भाे
उसले देखाएका सपनाहरु
अाफुले खाएका वाचा कसमहरु
चकनाचुर उसैले पारे पनि
असफल र अधुराे रहे पनि
सगरमाथाकाे शीर
हिँज‌ैदेखि उचाे छ
भेरी अझैं सुसाएकै छ
सिस्ने स्तब्ध छ
जलजला अात्मसमिक्षा गरिरहेछ
अरुण-तमाेर गडगडाउँदै
सुु्स्ता र कालापानी विउँझिदैछ ।
अाजकाे दिन
उसले अवतार लिएकाे क्षण
एक हातले हँसिया-हथाैडी
अर्काे हातले बन्दुकले उठाएकाे समय
उसले दुबै हात उठाए पनि
जङ्गेसँग मितेरी लाए पनि
रातमा चन्द्र
दिनमा सूर्य
उदाउँन छाेडेका छैनन्
जुन समयसम्म
राताे अाकाशमा
कालाे बादल फाट्नेछैन
जति वेलासम्म
खग्रास या खण्डग्रास
ग्रहण हट्नेछैन
घात गर्दै जाऊन् गद्धारहरु
चुक्दै जाऊन् कायरहरु
वीरहरुका सपना
साकार नपार्दासम्म
हाम्रा अन्तिम लक्ष्य
पूरा नहुँदासम्म
वर्ग जारी रहनेछ
उसका कैयाैं रुप फेरिए पनि
सार सदा एउटै रहनेछ
वर्ग रहँदासम्म
असमानता रहिरहँदासम्म
वर्गसंघर्ष
जारी छ ।
२०७६-११-०१

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->