बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गजल संध्यामा सुनिए ८ गजलकारका ४० गजल

गजल संध्यामा सुनिए ८ गजलकारका ४० गजल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ११ २०७६, आइतबार

पोखरा,११ फागुन –
न कुनै हाकिमले दिन्छ न कुनै कामले दिन्छ
जति आनन्द तिम्रो मुस्कानले दिन्छ
मातृत्व गुमाएको एक बच्चाले बाबुलाई सोध्यो
दुध त डेरीले दियो आमा कुन दोकानले दिन्छ
माहोल एकैछिन तालिको गड्गडाहटले तात्यो । हरेक महिनाको दोस्रो शनिबार गजल संध्या पोखराले नियमित गजल बाचनको आयोजना गर्छ । गजल संध्याको २०० औं शृङ्खलामा गजलकार अमृत सुवेदी सुनिए …
घर टुट्यो सपना उजाडियो के भएन
देश भन्छ सुख र समृद्धि अब रेमिट्यान्सले दिन्छ
जति आनन्द तिम्रो मुस्कानले दिन्छ
न कुनै हाकिमले दिन्छ न कुनै कामले दिन्छ
उसो त पोखरामा हरेक शनिबार साहित्यको कुनै न कुनै माहोल जमि रहेको हुन्छ । गजलप्रेमी पोखरेलीहरुको लागि भने यो शनिबार विशेष थियो । संध्याको नियमित गजल बाचनको २०० औं शृङ्खला थियो यो । २०० औं शृङ्खलामा पुगेको छेकोमा संध्याका ८ संस्थापक अध्यक्षलाई एउटै स्टेजमा उभ्याएको थियो गजल संध्याले ।

कथा सकिएपछि पनि बाँकी रहन्छ पछिको कथा
हजार कथा लेख अटाउँदैनन् जिन्दगीको कथा
टुटेको घर, दुख, पलायन यि सब देखिएका हुन्
कसैले नदेखि नबुझि सकिन्छन् यहाँ कतिको कथा
नियमित गजल बाचनको २०० औं शृङ्खलामा संध्याका संस्थापक अध्यक्ष दिपिल दोषी सहित ८ गजलकारले ४० गजल सुनाएका थिए । नयाँ र पुराना पुस्ताका, संध्याको अध्यक्ष समेत बनि सकेका ८ गजलकार दिलिप दोषी, दीपक समिप, रुपिन्द्र प्रभावी ‘कटु’, कपिल शर्मा, मन क्षेत्री, उदिपराज ढुंगाना, बिर्सना बस्नेत र अमृत सुवेदीले आफ्ना ५÷५ गजल सुनाएका थिए ।
नयाँ र पुराना पुस्ताका अध्यक्ष गजलकारलाई पालैपालो गजल सुनाउँन लगाइएको थियो । शृङ्खलाको पहिलो सेसनमा २ गजल र दोस्रो सेसनमा ३ गजल गजलकारहरुले सुनाएका थिए ।
गजल संध्याका अध्यक्ष मोहन भण्डारीले गजल संध्याको नियमित २०० औं शृङ्खलामा ल्याई पु¥याउन गजलकारसमेत रहेका पूर्व ८ अध्यक्षहरुको विशेष योगदान रहेको बताए । संस्थापक अध्यक्षहरुकै योगदानले गजल संध्या नियमित गजल बाचनको २०० औं शृङ्खलामा आई पुगेको बताउँदै उनले साहित्यिक कार्यक्रमहरु नियमित २०० औं शृङ्खलासम्म पुग्नु चानचुन कुरा नभएको सुनाए ।
२०० औं शृङ्खलामा प्रमुख अतिथिका रुपमा निम्त्याइएका वरिष्ठ साहित्यकार सरुभक्तले संध्याका संस्थापक अध्यक्षहरुलाई सम्मान स्वरुप स्टेजमा उभ्याएर विशेष गजल बाचन गराउँनु अविस्मरणीय रहेको बताए । गजलको वास्तविक मर्म बिर्सेर अहम मात्रै सिर्जना गर्ने परिपाटी मौलाएको बताउँदै पोखरेली गजलकार यस्तो किसिमको हर्कत नगरि गजलको वास्तविक मर्म बुझेर गजल सिर्जनामा लाग्ने विश्वास लिएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->