बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

दोषी तुलो

दोषी तुलो


  • अर्जुनराज पन्त
  • फाल्गुन १२ २०७६, सोमबार

कुन छ धेरै कुन छ थोरै कुन छ बराबरी

सबलाई जोख्ने तुलो हुन्थ्यो चित्त बुझ्नेगरी

वस्तु सबै जोख्थे त्यहाँ सानोदेखि ठूलो

मान्छे समेत जोख्ने खालको आ’को रै छ तुलो !

 

भर्खर मात्र जोखे मान्छे त्यही तुलोमा हाली

एकातिर भएका जति अर्कातिर खाली

त्यही खालीमा राखी जोखे एउटा व्यक्ति जब

बराबर रे दुबैतिर जिल्ल परे सब !

 

कस्तो खालको वीर पो हो त्यो त्यस्तो तौल भा को !

क्यारि भयो त्यति भारि के हो त्यसले खा’को?

मान्छे उस्तै भारी हो कि बिग्रिएको तुलो

त्यति विधि मान्छे भन्दा उस्को वजन ठूलो!

 

बिग्रियो कि जोख्ने तुलो पिँधमा परि दुलो

धमिल्लिए कि तिम्रा आँखा पर्याथ्यो कि धुलो?

अचम्मैको तौल अरे एउटै व्यक्ति सँग

तौलवालाको संवाद सुन्दा भा छन् सबै दंग!

 

शब्द पनि उस्तै अझ महावजनधारी

त्यस्तै शब्द बोल्ने भा र भा को हो कि भारी

वजन बढाउने खालकै रै छ अझ आनिबानी

जस्तो पनि बोल्न सक्ने जति पनि खानी !

 

गाली उस्तै शब्द उस्तै वजन उस्तै भा को

मान्छे जोख्ने अड्डाबाट त्यो पदवी पा को

दुई दिन पनि टिकेन त त्यस्तो शक्ति शाली

संवाद सुन्दै थुक्न थाले गर्न थाले गाली

 

त्यस्तो खालको पदवी त्यो क्यारी उसले पायो

भित्रिया पो थ्यो कि कतै अनि माया लायो !

वजन पक्कै भारी थ्यो कि बिग्रेको थ्यो तुलो

जोख्ने मान्छे उस्तो हो कि बोल्यो जोख्नै भुल्यो ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->