बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जात फेरियो साथी !

जात फेरियो साथी !


  • मनोज लम्साल
  • फाल्गुन २८ २०७६, बुधबार

खोलाको बगरमा सँगै थियौं हामी
आकारमा म चेप्टो थिएँ र
तिमी गोलो

एकदिन मानिसहरू आए
तिमीलाई लगेर मन्दिरमा
देवता बनाए र
मलाई तिमीसम्म पुग्ने सिँढी

मेरो छातीमा कुल्चेर
तिम्रो अगाडि शिर झुकाउँदै
यी मानिसहरूले आखिर

आफ्नो जस्तै हाम्रो
पनि जात बनाए
मलाई पिँधमा राखेर
तिमीलाई शिरमा सजाए

साथी सुनाऊ न एकपटक
तिम्रो विवेकशिल भक्तहरूलाई
हाम्रो गहिरो दोस्तीका कथा
पानीको बेगले दिएको
असीमित चोटको समान व्यथा

तर किन मौन छौं तिमी
कि देवता बने पछि तिम्रो पनि
जात फेरियो साथी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->