बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : सिस्टर नभन्नु ल !

कविता : सिस्टर नभन्नु ल !


  • अस्मिता श्रेष्ठ, नेपालगंज मेडीकल कलेज
  • चैत्र २२ २०७६, शनिबार

सेतो कोटमा सजिएकी
एक सफेद नारी
गलामा आला
काधमा जिम्मेवारी

जो आफ्नै काममा व्यस्त छिन
सेवामा मस्त छिन
अलि परैबाट अपरीचित आवाजले
परीचित शब्द दोहोर्याउँछ :
“सिस्टर”

उनी अभ्यस्त छिन
उत्तिकै चुस्त छिन
न उनलाई हाँसो छ
न कुनै चासो छ

मात्र एउटा गुनासो छ
बहिनि भन बरु
आत्मीयता झल्काउ
घरीघरी एउटै शब्दमा
दनदनि आगो नसल्काउ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->