शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सिर्जना : नयाँ बर्ष तिमी !

सिर्जना : नयाँ बर्ष तिमी !


  • ज्योती सापकोटा
  • बैशाख १ २०७७, सोमबार

दशालाई धूलो चटाउने गरी, आउनु नयाँ वर्ष l
विकृतिलाई घटाउने गरी, आउनु नयाँ वर्ष ll

कोरोनाले गर्दा आज सारा विश्व रोएको छ l
रोगलाई डाँडा कटाउने गरी, आउनु नयाँ वर्ष ll

आम नेपाली दाजुभाई दिदीबहिनी साराको l
खुसियाली लौटाउने गरी, आउनु नयाँ वर्ष ll

दुःखीका चोट पीडा अनि कष्ठलाई हरेर l
मजदुरको भोक मेटाउने गरी, आउनु नयाँ वर्ष ll

खुसियाली छाएर अनि समृद्धि ल्याएर l
नयाँ कृती पठाउने गरी आउनु नयाँ वर्ष  ll

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->