शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बाँच्दै रहे नाच्दै गरौंला, हैत

बाँच्दै रहे नाच्दै गरौंला, हैत


  • टोलराज उपाध्याय
  • बैशाख २ २०७७, मंगलबार

 

कोभिड–१९ सन्त्रास,
बिश्व लकडाउनमा रहेको अवस्था,
असंगठित क्षेत्रका मजदुरहरु खुट्टामा फोरा उठाउँदै,
केवल बाँच्न र बाँच्नैका लागि मात्र,
बाध्यतावश लकडाउन उल्लंघन गरि हिँडीरहनु परेको देख्दा ।

संसार टक्क रोकीइ रहँदा,
मृत्यूका संख्याहरु बढिरहेछन् ।

मित्र, म तिमीलाई कुन उमङ्गले शुभकामना दिउ र खै,
तथापी रित थाम्नै पर्यो,
नयाँ बर्ष शुरु भएको करिव २१ घन्टापछिमात्र,
पहिलो दिन बैशाख १ को अन्तिम प्रहरबाट,
म भारी मन लिएर केहि शब्द तपाईंका निम्ति लेखिरहेछु ।

यत्ति र वस यत्ती मात्र,
तपाई हाम्रो सहन गर्ने शक्ति बढोस्,
समय पूर्वाबस्थामा फर्कीयोस,
कम्तिमा हिजोको बिश्व जस्तै भोली पनि देख्न पाइयोस,
बाँच्दै रहे नाच्दै गरौला हैत,
तपाइलाई वि. स. २०७७ सालको मेरो अन्तरमनबाट शुभकामना छ ।

२०७७।१।१ राती ९ बजे
एकान्तवासबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->