शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गजल

गजल


  • ज्योती सापकोटा
  • बैशाख ५ २०७७, शुक्रबार

परिवारको ख्याल राखी,आफू सचेत हुनुपर्छ।
खोक्दा र हाँच्यौ गर्दा, नाक र मुख छोप्नुपर्छ।।

जीवजन्तु,पैसा तथा अन्य वस्तु छोएपछि।
स्यानीटाइजर वा साबुनपानीले,राम्ररी हात धुनुपर्छ।।

लक डाउनको पालना गरी सुरक्षित भई घरमै बसी।
अन्जान व्यक्ति र भिडभाड बाट,टाढा नै रहनुपर्छ।।

रुघाखोकी,ज्वरो आउने जस्ता लक्षण देखिएमा।
ढिला नगरी अस्पतालमा,तुरुन्तै सम्पर्क गर्नुपर्छ।।

यी नियमको पालना नगरेर लापरवाही गरेदेखि।
कोरोनाको संक्रमण भई,अल्पकालमा मर्नुपर्छ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->