बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लकडाउन, राहत र लाम

लकडाउन, राहत र लाम


  • अमृत घर्ती मगर
  • बैशाख ६ २०७७, शनिबार

लकडाउन
शब्द
अंग्रेजी थियोे
बुझ्न अाफैमा गाह्राे छ
हिँजाे पढाए पुग्थ्यो
नबुझे घाेकाए हुन्थ्यो
परीक्षाका वेला
चिट चाेराए हुन्थ्यो
अहिले
स्कुल बन्द भैगाे
अहिले व्यबहारिक
शिक्षाकाे जरुरी छ
व्यवहारिककाे अर्थ
जीवनमा फिट हुनुपर्छ
जगतलाई सहज हुनुपर्छ
संकटका वेला
अावाज भने मन्द हुनुपर्छ
राहत
लगन र लगामका कुरा
गरु कि नगरु
गरु काजिलाई दु:ख लाग्ने भाे
नगरु देश जाेखिममा पर्ने भाे
लगन घड्केपछि
पाेते लाउँने कि लगाम
खाए खा नखाए घिच
यसरी पच्ने कि नपच्ने ?
दुवै अस्वीकार
सबै तिरस्कार
हुन पनि सक्छ
सचेत छ दुनिया
अचेत छ सत्ता
नत्र सबै परिचालित छ
सधैं परिचालन छ
र पनि किन ?
असफल छ लाम
चाैविस घण्टामा छव्बिस घण्टा
हाड छाला घाेटी
हात मुख जाेडन
धाै धाै परिवारले
राहतका अास्वासनले
कसरी जिउँन सक्छ
बसि बसि खाऊ
भन्दा भन्दै
राहत बाँड्दा बाँड्दै पनि
सडकमा किन ?
फेरि पनि किन ?
देखा पर्दैछ लाम ।
२०७७-०१-०६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->