दैव तिम्लाई लिन आउँदा, छेक्न पाइन आमा,
तिम्रै पछिपछि आफूलाई, परेख्न पाइन आमा।
अतीतका पल सम्झेर तिम्रो यादमा रोइरहदा,
दुनियाँ हाँस्यो तर आँसु, रोक्न पाइन आमा।
सारैनै दुःखी अनि लाचार भाछु तिमीबिना,
आफ्नो भाग्य आफ्नै हातले, लेख्न पाइन आमा।
कामले हात अनि भोकले पेट थिचीरहदा,
तिम्रो हातले बनाएको खाना चाख्न पाइन आमा।
आज त आमाको मुख हेर्ने दिन हो अरे,
ठग्यो भाग्यले आज तिम्लाई, देख्न पाइन आमा।





