बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : बिर्सिएकाे छैन आमा

कविता : बिर्सिएकाे छैन आमा


  • पुनम शाही ठकुरी
  • बैशाख १३ २०७७, शनिबार

तिमीले ९ महिना कष्ट सहेर मलाई हेरी कोखमा

मुस्कुराएको कुरा बिर्सिएको छैन आमा!

म जन्मदा तिम्राे झरेका खुसीका ढिक्काहरू

कहाँ बिर्सन सक्छु र आमा !

एक चम्चा आफू खाई १० चम्चा मेराे मुखमा

लगाएकी गुन कुनै कम छैन आमा !

हाहा हाहा लैलै लैलै गाउँदै कहिले तिम्राे काख

कहिले छातीमा निदाएकाे अझै याद

छ आमा   !!!!

दिन र रात छोडी मेरै लागि रमाइ रमाइ काम

गर्‍यौ त्यसमा माया छैन र आमा!

म  हाँस्दा या रूँदा सधैं साथ हुन्छौ:  माया

के हाे तिमीले नै सिकायौ हैन र आमा ?

कसैले दिएको एक पोका चाउचाउ पनि मेरै मुखमा

पार्न खोज्थ्यौ तिमी जस्तो अरू कहाँ हुन्थ्यो

र आमा !

त्यसैले त तिमी रहने ठाउँ मन्दिर सरह छ;तिमी

जस्ती प्यारी अरू को हुन्थ्यो र आमा !!!!

 

तिम्रो मुटुको धड्कन थिए म;कसैले सानो गाली

दिए पनि चस्स तिमीलाई घोच्थ्यो हैन र आमा !

आफूले लगाएकी सिंगार पनि बेचेर मेरो लक्ष्य

पूरा गर्छु भन्ने यति हिम्मत कसको हुन्थ्यो

र आमा !

तिमीले खुवाएकी नुन र तेलको  पैंचोमा नि

अत: सत्यता ; संसार किन्न नसकुला म !

त्यसैले वचन भयो अब मेरो हात र मेरो साथ

सदैव तिम्रा लागि हुनेछ!! जहाँ जहाँ

तिमी हुन्छौ मेरी आमा !!!

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->