बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गजलः कोरोना सन्देश

गजलः कोरोना सन्देश


  • Dhorpatan News
  • बैशाख १५ २०७७, सोमबार

दिपेन्द्र रेग्मी
जताततै छ त्रासै त्रास हेर मजाक नगर ।
यस्तो बेला आउ भेट्न भनेर मजाक नगर ।।

लाने बेलामा सानो ठुलो भन्दै भन्दैन यसले ।
महामारी हो सामान्य सम्झेर मजाक नगर ।।

अब यसको सिकार जो पनि हुन सक्छ ।
कसैको दुःखमा तिमी हासेर मजाक नगर ।।

समय चिनेर आफैं साबधान हुनु पर्ने बेलामा
कचौराको माक्स लगाएर मजाक नगर

यो दुःखद् समयमा साबधानी अपनाउनु बेश ।
कोरोना चित्रको केश काटेर मजाक नगर ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->