बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

शिव शिखर सहकारीको सहयोग मजदुरलाई

शिव शिखर सहकारीको सहयोग मजदुरलाई


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७७, शनिबार

कास्की, २० बैशाख – पोखराको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले मजदूर दिवसवको अवसरमा पारेर शनिबार पोखराका वडा नम्बर ४ र ५ का विपन्न मजदुर परिवारलाई राहत बितरण गरेको छ । पोखरा महाननगरपालिकासँगको समन्वयमा सहकारीले सो क्षेत्रमा रहेका ३ सय विपन्न परिवारलाई आफ्नै उत्पादन उपकार ब्राण्डका खाद्य सामग्री सहयोग गरेको सहकारीका मुख्य सहायक प्रबन्ध निर्देशक सुशील बानियाले जानकारी दिए ।
उनका अनुसार सहकारीले प्रत्येक परिवारलाई उपकार ब्राण्डको ५ किलोग्राम जिरा मसिनो चामल,एक लिटर सनफ्लावर तेल, एक किलोग्राम दाल र एक किलोग्राम गरि २ लाख बराबरको राहत बितरण गरिएको हो । लकडाउनले मजदुरहरुको रोजगार खोसिएको अवस्थालाई ध्यानमा राख्दै सहकारीको कार्यालय भएको वडा नम्बर ५ र छिमेकी वडा ४ नम्बरमा त्यहाँ जनप्रतिनिधिहरुको उपस्थिति तथा प्रहरीको सहयोगमा राहत बितरण गरिएको उनले जनाए । यता, मजदुर दिवसकै अवसरमा १३१ औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसरमा हेओरुम हिमालय तथा सियोल पोखरा ट्राभल्स एण्ड टुर्स प्रालिले आफ्ना कर्मचारीलाई राहत प्रदान गरेको छ ।
कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण जिविकोपार्जनमा समस्या पर्ने गएको हुनाले संस्थामा आबद्ध गाइड, पोटर, कार्यालय कर्मचारी तथा सहयोगीलाई शुक्रबार राहत सामाग्री वितरण गरिएको हो ।संस्थाले आफ्ना कर्मचारीलाई १ बोरा जिरा मसिनो चामल, फुलको तेल १ लिटर, ५ के.जी चक्की आटा, नुन १ पोका, चना २ केजी, रातो दाल २ केजी, मस्यौरा २ प्याकेट, साबुन (कपडा धुने १, नुहाउने १, भाडा माझने २) प्रदान गरेको हेओरुम हिमालय तथा सियोल ट्राभल्स एण्ड टुर्सका संचालक राजु सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->