शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कोजाग्रत पूर्णिमाका दिन पोखरामा हुँदै छ दसैं महोत्सव

कोजाग्रत पूर्णिमाका दिन पोखरामा हुँदै छ दसैं महोत्सव


  • Dhorpatan News
  • कार्तिक ७ २०८३, शनिबार

पोखरा कोजाग्रत पूर्णिमाका दिन आइतबार फेवा किनार ताल बाराही घाट खेल मैदानमा दसैं पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै छ । महोत्सवको तयारी पूरा भएको आयोजक महिला पर्यटन व्यवसायी मञ्च -ओटेफ)ले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

आइतबार बिहान साढे १० बजे खहरेचोकदेखि बाराहीघाटसम्म साँस्कृतिक तथा पर्यटन प्रर्वद्धन र्याली हुने महोत्सव संयोजक उमा रेग्मी भण्डारीले बताइन् । र्यालीमा पञ्चेबाजा, विभिन्न पर्यटनसम्बद्ध संघसंस्था, आमा समूह, स्थानीय समुदाय, साँस्कृतिक समूह तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका तथा जमरा लगाइदिने महोत्सवको मुख्य आकर्षण हो । महोत्सवमा चङ्गा चेट प्रतियोगिता, चमरेली पिङ, रोटे पिङ, तथा घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली मौलिक खानपान तथा खाद्य संस्कृतिकको प्रदर्शन हुने छ ।

महोत्सवमा परम्परागत सामाग्रीका स्टल, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यवसायिक स्टल राखिने ओटेफका अध्यक्ष ममता न्यौपानेले बताइन् । उनले संस्कृति र पर्यटनलाई जोड्ने प्रयासस्वरुप गर्न लागिएको महोत्सवले पोखराको पर्यटनलाई थप समृद्ध बनाउन सघाउने जनाइन् ।

महोत्सवमा १० हजार भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले महोत्सवले दसैं संस्कृतिका बारेमा पर्यटकलाई जानकारी दिने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->