पोखरा / नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबार र बिहीबार देशका विभिन्न स्थानमा हुरीसहित भारी वर्षा तथा हिमाली भेगमा भीषण हिमपात हुने प्रक्षेपण जारी गरेको छ।
मौसम महाशाखाले आज कात्तिक ६ गते शुक्रबार बिहान साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यो साताको अन्त्यमा मौसम केही प्रतिकुल हुन सक्ने देखिएको जानकारी दिएको हो।
बुलेटिनअनुसार यो साता प्रदेशगत रूपमा यस्तो छ वर्षा र हिमपातको सम्भावना:
कोसी प्रदेश
हिमाल : साताको सुरु (शुक्रबार र शनिबार) र मध्य (आइतबार, सोमबार र मंगलबार) मा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना।
पहाड : साताको अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना।
तराई : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई भारी वर्षाको सम्भावना ।
मधेस प्रदेश
हिमाल साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना।
बागमती प्रदेश
हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना।
पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना।
तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको
सम्भावना।
गण्डकी प्रदेश
हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा धेरै स्थानमा मध्यमसम्मको, थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी हिमपातको सम्भावना।
पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको सम्भावना ।
तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा थोरै स्थानमा भारी वर्षाको
सम्भावना ।
लुम्बिनी प्रदेश
हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना ।
पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ।
तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ।
कर्णाली प्रदेश
हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना ।
पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना । साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना ।
सुदूरपश्चिम प्रदेश
हिमाल : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का हल्का वर्षा/हिमपातको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यम सम्मको तथा एक-दुई स्थानमा भारी हिमपातको सम्भावना ।
पहाड : साताको सुरु र मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना। साताको अन्त्यमा केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना।
तराई : साताको सुरु र मध्यमा वर्षाको सम्भावना छैन। साताको अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना।
हेर्नुहोस् मौसम विभागले जारी गरेको साप्ताहिक मौसम प्रक्षेपण







यद्यपि, मौसम परिवर्तनशील हुने भएकाले मौसम महाशाखाबाट जारी हुने दैनिक मौसम बुलेटिन हेरिराख्न आम नागरिकलाई अनुरोध गरिएको छ।
मौसमविद्का अनुसार नेपालको प्रविधिअनुसार ३ दिनसम्मको मौसम अनुमान बढी मिल्छ भने सात दिनको प्रक्षेपण अलि कम मिल्छ। त्यसैले यसपछिका अद्यावधिक मौसम बुलेटिन निरन्तर हेरिरहनुपर्छ।





