
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन्। तीन दिने भ्रमणका लागि सभापति लामिछाने भारत प्रस्थान गरेका हुन्।
३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्डको नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको लामिछानेको निजी सचिवालयले जनाएको छ।
लामिछानेको सचिवालयले यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ ।





