बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीनको सरकारी समाचार संस्था 'सिन्ह्वा' का अनुसार स्थानीय समय बिहीबार राति करिब १०:३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको हो।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८३, बिहिबार
तिब्बतमा भूकम्प (फाइल फोटो)

काठमाडौं / चीनको तिब्बत स्वायत्त क्षेत्रको एक दुर्गम भेगमा बिहीबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

‘चाइना अर्थक्वेक नेटवर्क सेन्टर’ (सीईएनसी) ले जारी गरेको विज्ञप्तिअनुसार भूकम्पबाट तत्काल कुनै मानवीय क्षति वा भौतिक संरचनामा नोक्सानी भएको खबर प्राप्त भएको छैन।

चीनको सरकारी समाचार संस्था ‘सिन्ह्वा’ का अनुसार स्थानीय समय बिहीबार राति करिब १०:३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको हो।

यसको केन्द्रबिन्दु १० किलोमिटर (६.२ माइल) को गहिराइमा थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->