बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आज टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

आज टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८३, बिहिबार

काठमाडौं/ बडादशैंअन्तर्गत टीकाको दोस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्लपक्ष पापांकुशा एकादशीका दिन पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

कतिपयले भने एकादशीको ब्रत लिएकाले भोलिमात्र टीका लगाउने गर्छन्। नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ।

विशेषगरी ससुराली, माइत, मावल वा मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्। आजबाट दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र बाहिरिने सवारीसाधनको संख्यामा समेत बिहानैबाट बढेको छ। घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रने गर्छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->