बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुक्तिनाथ मन्दिरमा आज दशैं टिका लगाईदैं

मुक्तिनाथ मन्दिरमा आज दशैं टिका लगाईदैं

आज बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु हुनेछ । अराधन सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८३, बुधबार

पोखरा / हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टिका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आर्शिवाद दिने कार्यक्रम रहेको बताए ।

विजया दशमीको शुभ साइतको दिन आज अक्षता रुपी टिका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।

आज बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु हुनेछ । अराधन सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->