मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

दुर्लुङको काफलचौरमा घर जल्यो

दुर्लुङको काफलचौरमा घर जल्यो


  • ढाेरपाटन संवाददाता
  • कार्तिक ३ २०८३, मंगलबार

पर्वत/पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा आगलागीबाट एक घर जलेको छ । मङ्गलवार बिहान करिब साढे १२ बजे स्थानीय ५० वर्षीय दिल बहादुर गुरुङको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ढुङ्गा, माटोले बनेको तथा जस्ता पाताले छाएको तीन तले कच्ची घरमा आगलागी भएको हो । तर आगलागी कसरी सुरु भयो भन्ने हालसम्म पनि खुलेको छैन ।

घटनाको बारेमा जानकारी प्राप्त हुँदासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेल र नेपाली सेनाको दुर्लुङस्थित नयाँ रणभिम गुल्मबाट जमदार अमर बहादुर देउजाको कमान्डमा सुरक्षाकर्मीहरू पुगेर आगो नियन्त्रणमा लिएका छन् ।

कुश्मा नगरपालिकाको दमकल समेत लगेर बिहान करिब चार बजेको समयमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट घरसहित अन्य भौतिक सम्पत्तिको क्षति भएको भए पनि मानवीय तथा चौपायामा कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->