त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । जस्तै नेपालमा ४ कात्तिक (२१ अक्टोबर) मा टिका हुँदा अमेरिकमा २० अक्टोबर चलिरहेको हुन्छ र साइत पनि सोही मितिमा छ ।
हेर्नुस् साइत:

पोखरा / नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।
टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने
समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।
दशैंमा नवदुर्गा भवानीको पूजा-आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।
रोजगारी, अध्ययन तथा विभिन्न पेसा-व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन मात्र टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।
कुन देशमा कति बजे छ टीकाको साइत ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ । नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । विभिन्न देशमा हुने बसोबास गर्ने नेपालीहरुको सुविधाका लागि समितिले टीकाको साइत तोकिदिएको हो । टीकाको साइत तय गर्दा स्थान विशेषको सूर्योदयको समय र दशमी तिथीको आधारमा गरिन्छ ।
त्यसैले टीकाको साइत विभिन्न देशमा फरक दिन र फरक समयमा पर्ने गरेको छ । जस्तै नेपालमा ४ कात्तिक (२१ अक्टोबर) मा टिका हुँदा अमेरिकमा २० अक्टोबर चलिरहेको हुन्छ र साइत पनि सोही मितिमा छ ।
हेर्नुस् साइत:
