पोखरा /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्।
यसपटक दसैँ विपत्ति र शोकको घडीमा मनाउनुपरेको उल्लेख गर्दै उनले यस पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्।
‘यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्। यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, सभापति लामिछानेले लेखेका छन्, ‘संकटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ- विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिंगो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ।’
अगाडि लेखेका छन्, ‘नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा नि:स्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने अदम्य साहस प्रदान गरून्। असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्। सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादसैँको हार्दिक शुभकामना !’
यस्तो छ उनको पूरा शुभकामना
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश बोकेको नेपालीहरूको महान् चाड बडादसैँ (विजयादशमी), २०८३ को पुनीत अवसरमा म मेरो व्यक्तिगत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वदेश तथा प्रवासमा रहनुभएका सम्पूर्ण आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यस वर्षको बडादसैँ हामी विपत्ति र शोकको घडीमा मनाउँदै छौँ। धेरै नागरिकले अमूल्य जीवन गुमाउनुपरेको छ भने हजारौँ परिवार घरबारविहीन र विस्थापित भएका छन्। यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। संकटको यस संवेदनशील परिस्थितिमा मलाई विश्वास छ- विजयादशमीको यस महान् पर्वले हामी सबैमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै सिंगो नेपाली समाजलाई विगतभन्दा अझ सुदृढ र अभूतपूर्व एकताको सूत्रमा बाँध्न सफल हुनेछ।
नवदुर्गा भवानीले हामी सबैलाई आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राष्ट्र र जनताको सर्वोपरि हितमा नि:स्वार्थ भावले समर्पित हुने शक्ति, सद्बुद्धि र जस्तोसुकै संकटसँग जुध्ने अदम्य साहस प्रदान गरून्।
असत्यमाथि सत्यको विजयको यस महान् पर्वले हामीलाई निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ लम्किन नव ऊर्जा प्रदान गरोस्।
सकारात्मक ऊर्जा र नयाँ आशासहित, बडादसैँको हार्दिक शुभकामना !





