बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता काठमाडौँमा हुने

पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता काठमाडौँमा हुने

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि छानिनेछन्।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ५ २०८३, बिहिबार

पोखरा / नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग  ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि छानिनेछन्।

यसैबिच क्यानले नेपाल र भारत ‘ए’बिचको शृंखलाको निर्धारित मिति परिवर्तन हुनेबारे पनि जानकारी गराएको छ। आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र इन्डिया एबिच हुने भनिएको क्रिकेट शृंखलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड र नेपाल क्रिकेट संघबिचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->