शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरामा औषधि पसलबाट लागुऔषध कारोबार, पक्राउ परे सञ्चालक

पोखरामा औषधि पसलबाट लागुऔषध कारोबार, पक्राउ परे सञ्चालक


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८३, शनिबार

पोखरा / पोखरामा औषधि पसलमा प्रतिबन्धित लागुऔषधको कारोबार हुने गरेको फेला परेको छ। यहाँको एक औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो।

पोखरा महानगरपालिका-२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो। सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो।

प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरिएको छ।

ुलागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ। सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो। औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ,ु उनले भने।

पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो। प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->