शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सेभ द चिल्ड्रेनद्वारा धौलागिरीमा डेढ करोडको गैरखाद्यान सहयोग

सेभ द चिल्ड्रेनद्वारा धौलागिरीमा डेढ करोडको गैरखाद्यान सहयोग

हरेक परिवारलाई ३० हजार रुपैयाँको दरले १ करोड ५० लाख रुपैयाँ बराबरको लत्ताकपडा, दैनिक उपभोग्य सामाग्री, किचन सेट लगायत बितरण गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ७ २०८३, शनिबार

बागलुङ /बालबालिकाको क्षेत्रमा क्रियाशिल सेभ द चिल्ड्रेनले बाढी पहिरोबाट घरबार विहिन भएका धौलागिरि क्षेत्रका पीडित परिवारलाई सहयोग गरेको छ । बाढी पीडित र हावाहुरीले घरका छाना उठाएर बिचल्लीमा परेका ३ सय ३५ घर परिवारलाई सेभले गैरखाद्यान्न सामाग्री सहयोग गरेको हो ।

परियोजना मार्फत बालबालिकाको गुणस्तरीय शिक्षामा बिशेष काम गरिरहेको सेभ द चिल्ड्रेनले किसोर किसोरी तथा पीडितको क्षेत्रमा पनि काम गरेको छ । गत असोज ८ देखि ११ गते सममको बर्षात, बाढी पहिरो, हावाहुरी लगायतले पीडितकालागि यो पटक सेभले १ करोड ५० लाख रुपेयाँको सहयोग गरेको हो । बागलुङ, पर्वत र म्याग्दीका पीडितलाई उक्त सामाग्री सहयोग गरेको सेभ द चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक दिलकलम क्षेत्रीले बताए ।

उक्त बाढी पहिरोमा क्षति पुगेको बागलुङको निसीखोला गाउँपालिकाका ४५ घर परिवार, हावाहुरीले क्षति पुगेको बडिगाड गाउँपालिकाका ९० घर र बाढीकै कारण क्षति पुगेको पर्वतको जलजला गाउँपालिकाका १ सय २५ घर परिवार तथा म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका ७५ घरमा सामाग्री दिइएको हो ।

सेभले हरेक परिवारलाई ३० हजार रुपैयाँको दरले १ करोड ५० लाख रुपैयाँ बराबरको लत्ताकपडा, दैनिक उपभोग्य सामाग्री, किचन सेट, सरसफाइ सामाग्री त्रिपाल र झुल समेत बितरण गरेको हो । आफ्नो घर भत्केको, बगेको र बस्नै नमिल्ने भएपछि आफन्तको घरमा आश्रय लिएकाहरुलाई यो सामाग्री दिइएको हो । यहाँका महिला तथा किसोर किसोरीमा आइपर्ने समस्या समाधानकाागि पनि सरसफाई सामाग्री प्याकेज बनाएर दिएएको थियो ।

छिमेकीको घरमा आश्रय लिएका उनीहरुलाई अत्यावस्यक सामाग्री, सरसफाइ र खनेबस्ने समस्या छ । ‘जिल्ला बितप व्यवस्थापन समिति र स्थानीय तहहरुले खाद्यान्न सामाग्री सहयोग गरेको कारण हामीले गैर खाद्यान्न सामाग्री सहयोग गरेका हौं’ क्षेत्रीले भने, ‘अबस्यकता अनुसार बालबालिकाको लागिपनि सहयोग गर्न तयारी भैरहेको छ ।’ उनले चाडपर्वको बेला बस्न र खानकै समस्या नपरोस् भनेर सामाग्री सहयोग गरेको उनले बताए ।

हाल छिमेकीको पाली तथा एउटा कोठा लिएर बसेकाहरुलाई लामखुट्टे लगायतको समस्या समेत पर्ने, चिसो बढ्दै गएकोले ओड्ने कपडा अभाव भैरहेकोले ती आवस्यकता पुरा गर्न माग आए अनुसार नै सहयोग जुटाइएको थियो । यसरी गरिएको सहयोगले पीडितलाई राहत मिलेको अन्नपुर्ण गाउ“पालिकाकी उपाध्यक्ष दिपा तिलिजाले बताइन् ।

निसीखोला गाउँपालिका ३ की दिलकुमारी रेग्मीले किसोर किसोरीलाइ यो सहयोग उपयोगी भएको बताइन् । महिनाबारी हुनेहरुलाई सरसफाइ सामाग्री र फेर्ने कपडा समेत भएकोले राहत मिलेको उनको भनाइ थियो । अहिले पनि यहाँका पीडितहरु आफ्नो स्थायी बसोबास कता बनाउने भन्ने निर्णयमा पुगिसकेका छैनन् ।

सरकारी अनुदान पाउनकालागि पीडितले घर बनाउने जग्गा छनौट गर्नुपर्ने प्रावधान छ । उक्त जग्गामा सरकारले तोकेको मापदण्डको घर बनाएमा ४ लाख रुपैयाँ सम्म अनुदान पाउने व्यवस्था छ । तर अहिले सम्म कसैले पनि जग्गा छनौट गरेर घर बनाउने अबस्थानमा नपुगेको स्थानीय राजमान बुढाले बताए । बुढाको परिवार त अहिले निसीखोला गाउँपालिकाको बोहोरागाउँ कृषि सहकारी संस्थाको कोठामा बस्दैछन् । उनीहरुको सात जनाको परिवारलाई एउटा कोठा निकै साँघुरो छ । तर तत्काल सर्ने ठाउँ नभएकोले बाध्यताले बस्नु परेको उनले बताए ।

सरकारले दिने अनुदानबाट घर बनाउन लामो प्रकृया पर्दा पीडितलाई तत्कालको आवस्यकता पुरा गर्न कठिन भएको स्थानीय बाबुराम नेपालीले बताए । पीडितको घरबास पुननिर्माणकालागि सरकारले एक मुण्ट रकम दिएमा तत्काल घर बनाएर बस्न सकिने भन्दै प्रकृया लामो बनाएमा पीडतहरु बसाई सर्ने र गाउँ समेत रित्तिने खतरा भएको बताउँछन् । विभिन्न दाताले दिएको सामाग्रीको भरमा अहिले सम्म पीडितहरु गाउँमै अडिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->