ए भाई
ए दाई
ए दिदी
ए बहिनी
तिमीहरु भ्रमबाट मुक्त होउ ।
त्यो मस्जिद
त्यो चर्च
त्यो मन्दीर
त्यो गुम्बा
ती सबैले मानवता बचाउन सकेनन।
सक्दैनन र सकेका थिएनन ।
त्यो भ्रम मात्र हो ।
इश्वरको नाममा ।
फाइदा उठाउने भ्रम ।
सत्ता र स्वार्थको लागि ।
मानवताको नाममा ।
मान्छे कै रगतमा ।
होलि खेल्नेहरुले।
इश्वर सृजना गरे ।
त्यही इश्वरको नाममा।
हजारौं वर्ष शाशन गरे ।
मान्छेको रगत पिए ।
अहिले पनि ।
ती रक्तपिपासु शाशकहरु।
मान्छेको रगत पिउन ।
कहिले अल्लाहलाई
कहिले इशुलाई
कहिले वुद्वलाई
कहिले राम कृष्णलाई
इश्वर मान्छन ।
यो सबै भ्रम हो ।
यो सबै स्वार्थको खेल हो।
कोरोनाको कहरमा ।
धर्मको नाममा।
संक्रमण फैलाउनेहरु ।
मानवता विरोधी हुन ।
यहाँ इश्वरले होइन ।
समाधान विज्ञानले गर्नेछ ।
निर्दोश मान्छेहरु वटुलेर ।
परमेश्वरको नाममा ।
कालो बोका काटेर ।
देबिको नाममा ।
अर्को जुनि पाउने आशामा ।
अल्लाहको नाममा ।
मान्छे कै वलि खोज्ने ।
मान्छे कै वलि चढाउने ।
इश्वर सबै भ्रम हो ।
त्यो सबै भ्रम हो ।
शाशकले शासन गर्न ।
बनाएको देउताको भ्रम तोड ।
विज्ञानको युगमा ।
वलिप्रथाको कुचलन तोड ।
निर्दोष मानिसहरुलाई ।
आत्माको आशा देखाएर ।
इश्वरको खेती गर्ने ।
चण्डालहरुको भ्रम तोड ।





