काठमाडौं, २९ वैशाख – कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ। कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यीसँगै सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।





