शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गजल

गजल


  • ज्योती सापकोटा
  • बैशाख ३० २०७७, मंगलबार

साँच्चै यो विपत्तिले, हात कैले धुन्छ होला ।
भगवानले मानवको, पुकार कैले सुन्छ होला ।।

रोएको छ दुनिया, त्रास फैल्यो जताततै ।
कोरोनाले संसारबाट, बिदा कैले लिन्छ होला ।।

सन्तानलाई त्यो पीडामा, छट्पटीएको देख्दा ।
बाबुआमा परिवारको, मन कति रुन्छ होला ।।

किन मौन छौँ तिमी, बताइदेउन ए ईश्वर ।
यो रोगलाई निर्मूल पार्ने, औषधी कुन छ होला ।।

लाचार छ संसार अनि, निर्दही छ भाइरस।
अरूलाई दुःख दिएरनै, आँफू खुसी हुन्छ होला ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->