बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म त ‘डाक्टर’ पो, नाइँ भन्नै मिल्दैन रे मैले !

म त ‘डाक्टर’ पो, नाइँ भन्नै मिल्दैन रे मैले !


  • डा. अजय रिसाल
  • जेष्ठ १७ २०७७, शनिबार
नाइँ भन्नै मिल्दैन रे मैले  !
म त ‘डाक्टर’पो त  !!

हिप्पोक्रेट्सको कसम खाएको छु मैले
सबैको ज्यानको जिम्मा लिएको छु मैले
‘समाजले के सोच्ला?’ हर्दम छ धुकचुक
‘अरुले के भन्लान् ?’ सधैंभरि चुकचुक
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त  !!१!!

कोही बाच्यो भने भगवानको कृपा रे
कथंकदाचितमरी नै हाले ‘डाक्टर’को झेला रे
‘देवता’बनाइनजत्ति हुन्छ हतारो
‘दानव’मा खसालिन त्यो भन्दा पनि चाँडो
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त  !!२!!

अरुको ‘होमसर्भिस’ले दुगुना चौगुना झार्ने
‘डाक्टर’को ‘सर्भिस’ले भने उसको कर्तव्य–धर्म सपार्ने
अरुको ‘फिस’: ‘तिर्नै त पर्छ नि !’ रे
‘डाक्टर’को ‘फिस’: सेवा छ अमूल्य रे
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त !!३!!

सबैको लकडाउनः ‘वर्क फ्रम होम’
डाक्टरको पीडाः ‘यू मस्टअल्वेज कम’
अनलाइन क्लास, वेभिनार सबैको मूल्य छ
डाक्टरको तलबकट्टी : अस्पतालमा घाटा छ
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त  !!४!!

‘आफू’ र ‘आफ्नो’ कसरी लौ भन्ने?
समाजसेवा र धर्मलाई कसरी नाइँ भन्ने ?
डाक्टरको लुगा, डाक्टरको गाडी
डाक्टरको घर, समाजको अगाडि
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त  !!५!!

डाक्टर त भगवान्, पैसा पो किन चाहियो ?
डाक्टर त देवता, सुरक्षा पो किन खोजियो ?
डाक्टरको त मुखै हुन्न, खाजा खाने टाइम पो किन?
डाक्टर त सर्वज्ञानी, यो बिरामी पो मर्‍यो किन?
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त  !!६!!

पैसा माग्ने त भिखारी पो हो त !
सुरक्षा खोज्ने त काँतर पो हो त !
परिवारको कुरो गर्ने स्वार्थी नै भैहाले
‘म त सक्दिनँ’भन्नेहरू लाछी भैहाले
नाइँ भन्नै मिल्दैन रे मैले !
म त ‘डाक्टर’पो त  !!७!!

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->