शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

बनाऔं देश फूलैफूलको डालीको

बनाऔं देश फूलैफूलको डालीको


  • नविनकिशोर गैरे
  • जेष्ठ १७ २०७७, शनिबार
यो कोरोना र त्यो सलह पीडक मानव र बालीको ।
किन टर्दथे र यी सब विपद रोपी बीउ गालीको ।।
समाजमा भूमिका व्यक्तिको त्यो जो बगैंचामा मालीको ।
रहेन मूल्य त्यति मानवताको जति सिसि खालीको ।।
हाल्नु छ जग यो देशको फेर्नु छ सबै खर पालीको ।
रातै रङको रहोस त्यो अक्षता नसुकोस थालीको ।।
श्रम गरौं निकालौं आवाज दुई हातका झैं तालीको ।
बगाई पसिना बनाऔं देश यो फूलैफूलको डालीको ।।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->