सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

पोखरा, २२ जेठ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतबाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन् । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट बिहीबार पोजिटिभ आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->