तिमी मिस्रीको डल्लो बनिदेउ
म दूध बनिदिन्छु
तिमी म मा घुलिदेउ
तिमी अढाई वर्षको बच्चा बनिदेउ
म मिस्री घोलिएको मिठु दूध हुँ
मलाई एक घुड्कीमै पिइदेउ
अब म मैदान हो
तिम्रो सामुन्ने टाढा–टाढासम्म फैलिएको छु
म मा दौडिदेउ
म पहाड हो
मेरो काँधमा चढ र चिप्लेटी खेलिदेउ
म सिमलको वृक्ष हो
मलाई बेस्सरी हल्लाउ
मेरो कपासलाई हावाको लहरमा
बादलको स–साना टुक्रा जस्तै भएर उड्न देउ
यस्तो गरौँ
म ओख्खर बन्छु
तिमी त्यसलाई चोरेर
कुनै कुनामा लिएर जाउ अनि लुकाएर फुटाउ
म गहुँको दाना बन्छु
तिमी घाम बनिदेउ
माटो,हावा, पानी बनेर मलाई उब्जाउ
म भित्रको खाली रक्तकोषमा
लुकामारी खेल वा नया पालुवा बनेर
मेरो कुनै पनि गाँठको कुनै पनि मार्गबाट तत्काल फुटिदेउ
तिमी अँध्यारो बनिदेउ
म बिरालो बनेर
चुपचाप बिरालो चालमा हिड्नेछु
किन यस्तो नगर्ने ?
म चिनी माटोको गिलास बन्छु
तिमी थाल बन
हामी कतैबाट खसिदिँउ
बिहानबिहानै फुटिदिँउ
अथवा म गुबडा बनिदिन्छु
निलो रंगको
तिमी त्यसभित्र हावा बनी फैलिदेउ
बिच आकाशमा म सङ्गैँ फुटिदेउ
वा यस्तो गरौ हामी अरू केही बनौँ ।





