सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निजीमा काम गर्ने स्वास्थ्यकर्मीले लकडाउनमा पाएनन् तलब !

निजीमा काम गर्ने स्वास्थ्यकर्मीले लकडाउनमा पाएनन् तलब !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७७, शनिबार
FILES-FRANCE-HEALTH-VIRUS-RAILWAY

फाईल फोटो
पोखरा, ३१ जेठ – कोराना संक्रमण बढिरहेको बेला स्वास्थ्यकर्मीले नै तलब नै पाउन छाडेका छन् । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले गरेको सर्वेक्षण अनुसार कतिपयले फागुनके तलब नदिएको, ४१ प्रतिशत स्वास्थ्य संस्थाले चैत महिनाको पुरा पारिश्रमिक दिएको, ५६ प्रतिशतले बिदा कटौती गरेको र ३ प्रतिशतले पारिश्रमिक नै नदिएको पाइएको हो । अध्ययन अनुसार १५ प्रतिशत स्वास्थ्य संस्था र अस्पतालले मात्र वैशाख महिनाको पूरा तलब दिएको, ६९ प्रतिशत अस्पतालले बिदा कटौति गरेको र १६ प्रतिशतले वैशाखको पारिश्रमिक नै दिएका छैनन् । कोरोना संक्रमण बढेसँगै निजी अस्पतालहरुको कमाई स्वात्तै घटेको छ ।
अध्यनन भन्छ,‘ ९५ प्रतिशत निजि स्वास्थ्य संस्था हाल सम्म पनि सामाजिक सुरक्षा कोषमा सूचिकृत नै भएका छैनन् ।’ यसैगरि, कतिपय निजी अस्पतालहरुमा ब्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) बिना नै काम गर्न बाध्य पारिएको, बेतलबी बिदा बस्न भनिएको पनि प्रतिवदेनमा उल्लेख छ । युनियनले आफ्नो स्थापना दिवसको अबसर पारेर देशभरका १ सय १५ स्वास्थ्य संस्थाहरुमा बन्दाबन्दीको समयमा स्वास्थ्य क्षेत्रको वस्तविकता अध्ययन गर्न सर्वेक्षण गरेको हो ।
प्रदेश नम्वर १ का १८ प्रदेश नम्वर २ का २ बागमती प्रदेशका ४८ , गण्डकी प्रदेशका १६ , प्रदेश ५ का २७, कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका १ गरि देशभरका १ सय १५ वटा स्वास्थ्य संस्थाहरुमा कर्मचारीहरुले नियमित पारिश्रमिक पाए वा नपाएको, ब्यक्तिगत सुरक्षा समाग्री पाए नपाएको, सामाजिक सुरक्षा कोषमा सुचिकरणको अवस्थालगायतका बिषयमा सर्वेक्षण गरिएको थियो । अध्ययन अनुसार ६० प्रतिशत स्वास्थ्य संस्थाहरु संचालनमा रहेको ४० प्रतिशत अंशिक संचालनमा रहेको देखिएको छ । ३३ प्रतिशत अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराएको ६४ प्रतिशतले आंशिक रुपमा उपल्ब्ध गराएको देखिएको छ ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले ११ औं स्थापना दिवसको अववसरमा बोल्दै अध्यक्ष चन्द्र थापाले निजी क्षेत्रका अस्पताल सञ्चालकहरूको मनोमानीले मर्यादाको सीमापार गर्न थालेको बताउँदै स्वास्थ्यकर्मीको जीवन कष्टकर नबनाउन माग गरेका छन् । उनले शुक्रबार जारी गरेको भिडियो सन्देशमा जटिल अवस्थामा अग्रपंक्तिमा रहेर मानिसको जीवन रक्षाका लागि दिनरात खटिइरहेका चिकित्सक, स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरु उच्च जोखिममा रहेको जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->