आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पहिरोले धेरैको ज्यान लिएपछि शोकमा डुब्यो पर्वत

पहिरोले धेरैको ज्यान लिएपछि शोकमा डुब्यो पर्वत

मृतकको दाहसंस्कार र हराएका बाँकीको खोजी आज


  • संजय रेग्मी
  • असार १ २०७७, सोमबार

पर्वत, १ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङका ५२ बर्षिया तुलबहादुर थापाले घरमाथिबाट आएको पहिरोले घरसहित पुरेर आप्mनो परिवारका ६ जनाको निधन हुन्छ भन्ने त पक्कै सोचेका थिएनन् । पहिरोमा परी ज्यान गुमाएका तुलबहादुरले मात्रै होईन यो दिनको कल्पना न त कमला बिकले नै गरेकी थिईन न त गाउँलेले नै ।
परिकल्पना नै नभएको ठाउँबाट आएको पहिरोले २ घरका ८ जनाको ज्यान लिएपछि दुर्लुङ मात्र होईन सिंगो जिल्ला नै शोकमा डुबेको छ । पहिरोमा परी एक जना अझै बेपत्ता छन् । आपूmसहित श्रीमती, छोराबुहारी, छोरी र नातीनातिना गरी ८ जना रहेको तुलबहादुरको परिवारका ६ जनाले पहिरोमा पुरिएर ज्यान गुमाउनुप¥यो । बागलुङ जिल्लामा बिबाह भई माइतीमा बस्न आएकी छोरीसहित तुलबहादुर उनकी ५२ बर्षिया श्रीमती मिनकुमारी, ३० बर्षिया छोरी दिपा, नातीनातीनाहरु १० बर्षिया बिबिशा, १४ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको ज्यान पहिरोले लियो ।
तुलबहादुरका छोरा र बुहारीले पहिरो गएको स्थानभन्दा केही पर पसल संचालन गर्दै आएका छन् । उनीहरु पसलबाट घरमा नफर्किएका कारण ज्यान त बाँच्यो तर बाबुआमा र छोराछोरीलाई पहिरोले चुँडाएर लग्यो ।
उनको घर नजिकै रहेको कमला बिकको घरमा पनि शनिबार राती साढे ८ बजेको समयमा नसोचेकै बज्रपात प¥यो । ३२ बर्षिया कमलाका श्रीमान बैदेशिक रोजगारीमा छन् । तर यता पहिरोले कमलासहित उनका छोरा १६ बर्षिय जेनिस बि.क बेपत्ता भएका छन्भने ८ बर्षिया जेनिसा बिकको ज्यान लिएर परिवारको सारा खुसी नै उदांगो पारिदियो ।
शनिबार साँझ ६ बजेबाट करीब २ घण्टा भएको भारी बर्षापछि गाउँभन्दा झण्डै ३ सय मिटर माथि रहेको जंगलबाट पहिरो चल्यो । त्यही पहिरोले २ परिवारलाई त बज्रपात पा¥यो नै सिंगो देशलाई पनि शोकमा डुबाएको छ । बर्षा रोकिएको समयमा साबधान रहेर बसेको भएपनि बर्षा रोकिएको केही समयपछि आएको पहिरोले झुक्याएर ८ जनाको ज्यान लिएको छ । एक जना बेपत्ता बनाएको छ ।
स्थानीय समाजसेवी प्रभु गुरुङले पहिरो आउनेजस्तो ठाउँ नभएको भएपनि अपत्यारिलो तरिकाले आएको पहिरोले गाउँलाई नै शोकमा डुबाएको बताए । ‘त्यो त गाउँको अलिकति समथर भएकोजस्तो ठाउँ हो, पहिरो आउला भन्ने त सोचेका थिएनौँ । तर दैवको खेल गाउँलाई शोकमा डुबायो सुखी र खुसी परिवारको आनन्द चुँडेर लग्यो ।’ उनले भने, ‘गाउँभर रुवाबासी भएको छ । बित्ने उमेर भएका १ जनाको निधनले त कस्तो बनाउँछ । यहाँ त मर्ने उमेर नै नपुगेका र बालबालिकासहितलाई सोत्तर पा¥यो । भगवान छन् भन्ने पनि कसरी हो ?’
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार, पहिरो आएको केही समयमा नै पुरिएको अवस्थामा तुलबहादुरकी श्रीमती मिनकुमारी र नातिनी बिबिशाको शव गाउँलेहरुले फेला पारेका थिए । घटना भएको थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको नेपाल प्रहरीको टोलीसहित नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी शनिबार राती साढे १ बजेसम्म उद्धार कार्यमा जुटे । रातीको समयमा अँध्यारो भएका कारण सबैको उद्धार रातमा नै हुन नसक्ने अवस्था आएपछि आईतबार बिहानबाट पुनः उद्धारकार्य सुचारु गरिएको थियो । आईतबार सबेरैबाट उद्धार सुरु गरिने भनिएको भएपनि पुनः बर्षा भएपछि ढिलागरी उद्धार सुरु भएको थियो । प्रहरी निरीक्षक सुवेदीले शनिबार राती २ जनाको शव घटनास्थलमा फेला पारिएको र अन्यको आईतबार बिहानपछि मात्र भेट्टाउन सकेको बताए ।
उनका अनुसार, आईतबार बिहान तुलबहादुर थापा, कमला बिक, उनकी छोरी जेनिसा र दिपा थापा, सम्राट थापा र विवेक थापाको शव भेटिएका हुन् । छोरा जेनिस अझै बेपत्ता छन् । पहिरोले घर रहेको स्थान नै नचिनिने गरी पुर्ने र बगाएका कारण बेपत्ता भएकाको खोजीका लागि पहिरो गएको धेरै भागमा कोदाली र गैँचीले खनेर खोजी गर्नुपरेको थियो ।
पहिरोले ज्यान लिँदा गाउँ त शोकमा परेको नै छ त्यो बाहेक खानेपानी आयोजनाको पाइपलाईन समेत बगाएका कारण पहिरो गएको ठाउँ आसपासमा पिउने पानीको अभाव रहेको स्थानीय सन्तोष सुवेदीले बताए । ‘गाउँमा आएको यत्रो बिपदले ज्यान लिनुका साथै खानेपानीको पाइप पनि बगाएको छ । अब अरुलाई पानीको अभाव हुँदैछ ।’ उनले भने, ‘पानी भन्दा पनि गाउँमा आएको बिपदले भावबिह्वल बनाएको छ । गाउँलेहरु सबै रोएका छन् । यस्तो पिडाको महसुस हुने त कल्पना पनि थिएन ।’
घटनामा ज्यान गुमाएका सबै शवलाई पर्वत अस्पतालमा राखिएको छ । उनीहरुको सोमबार मात्रै दाहसंस्कार हुने छ । बेपत्ता एक जनाको सोमबार पुनः खोजी हुने प्रहरीले जनाएको छ ।
संसदमा उठ्यो कुरा
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद पदम गिरीले कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गएको पहिरोको विषयमा ध्यानाकर्षण गराएका छन् । संसद वैठकको शुन्य समयमा बोल्दै सांसद गिरीले दुर्लुङमा गएको पहिरोका कारण मृत्यु भएका र वेपत्ता भएकाहरुप्रति दुःख ब्यक्त गर्दै संसद बैठकमा घटनाको जानकारी समेत गराएका हुन् ।
सत्तारुढ दल नेकपाका सांसद गिरी पर्वत जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । गृह वडासमेत रहेको दुर्लुङमा भएको घटनाले आपूmलाई स्तब्ध बनाएको सांसद गिरीले बताए । संसदमा बोल्ने क्रममा बोल्ने उनले यस्तो विपद्को रोकथाम गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउन समेत माग गरेका छन् ।
उनले प्राकृतिक विपद्का घटनाहरु बर्षातसंगै शुरु हुने भन्दै यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरुका बारेमा सचेता अभिबृद्धि गर्नुपर्ने बताए । तराई क्षेत्रमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम बर्षातमा उच्च हुने गिरीको भनाई छ ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सांसद गिरीद्धारा अवलोकन
घटनापछि कुरुप बनेको गाउँ र भावबिह्वल गाउँलेहरुलाई भेट्न र सान्त्वना दिनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद पदम गिरी समेत दुर्लुङमा आएका थिए । सांसद गिरी संसद बैठकमा सहभागी भएपछि काठमाण्डौबाट हेलिकप्टरमा तिमिल्सिनासँगै जिल्लामा आएका हुन् । उनीहरु दुवै जनाले घटनास्थलको अवलोकन गरी दुःखको घडीमा सम्हालिन पिडित परिवारका सदस्य, आफन्त र गाउँलेहरु सबैलाई अनुरोध गरेका छन् । आइर्तबार बिहान नै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने, प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी लगायत बिभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि र बिभिन्न सरकारी निकायका प्रतिनिधिहरु पनि पहिरो झरेको स्थानमा पुगेर अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->