आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

क्वारेन्टाइनमा लैजाँदै गरेका बागलुङका युवाले चुवाको भीरबाट हाम फाले

क्वारेन्टाइनमा लैजाँदै गरेका बागलुङका युवाले चुवाको भीरबाट हाम फाले

हाम फाल्ने युवा बागलुङको बागलुङ नगरपालिका १३ पैयूँपाटा घर भएका ३९ वर्षीय पुरुष


  • संजय रेग्मी
  • असार १ २०७७, सोमबार

पर्वत, १ असार– क्वारेनटाइनमा राख्नको लागि बागलुङतर्फ लैजाँदै गरेको अवस्थामा एक युवाले पोखरा बागलुङ सडक खण्डमा गाडी रोकेको मौका पारेर भिरबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन्
। भारतबाट आएकाहरूलाई सुनौलीबाट उद्धार गरी बागलुङ तर्फ जाँदै गरेको बस सोमबार बिहान ६ बजे पर्वतको कुस्मा नगरपालिका ८ स्थित चुवाको भिरमा रोकिएको बेलामा ती युवाले आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । हाम फाल्ने  बागलुङ नगरपालिका १३ पैयूँपाटा घर भएका ३९ वर्षीय पुरुष हुन् ।
सडकबाट झन्डै ६० मिटर तल हाम फाल्दा गम्भीर घाइते भएका उनको टाउकोमा गम्भीर चोट लागेका कारण पर्वत अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । ‘सुनौलीबाट उद्धार गरेकाहरूलाई लिएर आएको लु २ ख ४२२० नम्बरको गाडी चुवामा रोकेको बेलामा तीनले हाम फालेका रहेछन् । टाउकोमा गम्भीर चोट लागेका कारण मणिपाल रिफर गरिएको छ ।’ उनले भने, ‘एम्बुलेन्स नआइसकेकाका कारण प्रहरीको गाडीबाट नै पर्वत अस्पताल लगेका थियौँ। भारतबाट आएका कारण हामीलाई हाम्रो गाडीलाई डिसइन्फेक्स गरिसकेका छौँ ।’
उक्त बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको भए पनि पर्वत, बागलुङ र म्याग्दीका नागरिकहरू भारतबाट फर्किँदै गरेको थाहा भएको छ । सडकको अवस्थाका कारण अगाडी जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा उनको भने भीरबाट हाम फालेका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको पर्वत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->