पोखरा, १ असार– गण्डकी प्रदेशले एक घर एक धारा कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । प्रदेशभर खानेपानीका कार्यक्रम सञ्चालनका लागि २ अर्व ३९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । आज प्रस्तुत बजेटमा प्रदेशभर घर घरमा खानेपानी पु¥याउने कार्यक्रम सार्वजनिक भएको हो । त्यस्तै बिद्युतका काठेखोल बिस्थापनको कार्यक्रमलाई समेत बजेटले प्राथमिकतामा राखेको छ । प्रदेशका झण्डै पाँच हजार काठेपोल बिस्थापनका लागि प्रदेश सरकारले ३७ करोड ४२ लाख बजेट बिनियोजन गरेको हो ।
गण्डकी प्रदेश उज्यालो प्रदेशको लागि बजेट बिनियोजन भएको छ । तनहुँ, गोर्खा, नवलपुर, गोर्खा, १८ करोड विनियोजन भएको छ । राष्ट्रिय प्रशारणमा नजोडिएकालाई २ लाख ३० लाख बजेट बिनियोजन भएको छ । लघु जलविद्युतको मर्मत गरिने कार्यक्रम बजेटमा समाबेश भएको छ । स्वास्थ्य संस्था र अत्यावश्यकीय कार्यालयमा सोलार जोडिने उल्लेख छ । विद्युतीय चुलो र सवारी साधनको लागि १२ करोड दिइने अर्थ मन्त्री किरण गुरुङले घोषणा गरे । काठेपुल बिस्थापनको लागि ८ करोड, उर्जा, नविकरणीय उर्जा र विद्युतको लागि ३७ करोड ८६ लाख विनियोजन भएको छ । २ अर्ब ३९ करोड १२ लाख एक घर एक धाराको लागि क्रमागत सिंचाई आयोजना ३२३ मध्ये १ सयको लागि १ अर्ब ७६ करोड बिनियोजन भएको छ । २ हजार ४ सय हेक्टरमा सिंचाई पुग्ने गरि कार्यक्रम ल्याईने भएको छ । नदी नियन्त्रणका ७२ योजनालाई ४० करोड, नमूना मुख्यमन्त्री कार्यक्रममा ४ करोड विनियोजन भएको छ, सिंचाईको लागि १ अर्ब ६० करोड रुपैयाँ बिनियोजन भएको मन्त्री गुरुङले जानकारी गराए ।
सबैभन्दा सानो बजेट सञ्चारमा
प्रदेश सरकारले सञ्चालनमा रहेका सञ्चार माध्यामको लागि समेत बजेट मार्फत सम्बोधन गरेको छ । आगामि आर्थिक बर्षबाट लोक कल्याणकारी बिज्ञापन उपलव्ध गराउने गरी सरकारले ६० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सार्वजनिक गरेका बजेटका शिर्षकहरुमा सम्भवत यो नै सबैभन्दा कम बजेट भएको शिर्षक हो ।





