आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पहिरोले गोठ पु-यो, सडक र विद्युत अबरुद्ध

पहिरोले गोठ पु-यो, सडक र विद्युत अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

बागलुङ, १९ असार– निरन्तर बर्षापछि आएको पहिरोका कारण जिल्लाको गलकोट नगरपालिकामा गोठ पुरीएको छ । गलकोट नगरपालिका – ११ रिघामा पहिरोले गोठ पुरेको हो । गोठमाथीबाट आएको पहिरोले पुरिँदा गोठमा रहेको भैंसि, बाच्छा, गाई र गोरु मरेमा छन् । रिघा फेदीका दलबहादुर कुमालको गोठ माथिबाट पहिरो गएको वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।
बिहिबार रातीको समयमा पहिरो आएका शुक्रबार मात्रै पुरीएका चौपायको बाहिर निकालिएको थियो । बाढी र पहिरोका कारण जिल्लाको बडिगाड गाउँपालिकाका स्थानीय सडकहरु अबरुद्ध भएका छन् । स्थानीय साना लघु जलबिद्युत आयोजनाहरुका बाँध बगाउँदा विद्युत आपुर्ति बन्द रहेको गाउँपालिकाले जनाएको छ । ठाउँ ठाउँमा खसेको पहिरोका कारण जिल्लाको बरेङ गाउँपालिका पनि सडक सम्पर्क बिच्छेद भएको छ । पहिरोले अवरुद्ध भएका सडकहरु खुलाउने काम भैरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->