बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्युजिक भिडियोमा प्रकाश घिमिरे

म्युजिक भिडियोमा प्रकाश घिमिरे

भिडियोमा यसअगाडि निर्मित छोटो फिल्म ‘नाम्लो’कै चरित्रमार्फत् कथावाचन गरिएको छ । (भिडियो सहित)


  • ढोरपाटन संवाददाता
  • असार १९ २०७७, शुक्रबार

पोखरा, १९ असार– गायक तथा संगीतकार जिवन सुनारको नयाँ गीत ‘बिन्ती सुनिदेउन’को भिडियो सार्वजनिक भएको छ । कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनका कारण समाजमा परेको प्रभावलाई एउटा पात्र मार्फत भिडियोमा देखाउन खोजिएको छ ।
भिडियोमा पाका अभिनेता प्रकाश घिमिरे ‘फिचर्ड’ छन् । भिडियोमा घिमिरेसँगै प्रमिला तुलाचन, दिपिका क्षेत्री, राजेन्द्र गहतराजसँगै पोखराका विभिन्न क्षेत्रका व्यक्तिहरुको अभिनय रहेको छ । भिडियोलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । ‘कोरोना महामारीका कारण गरिएको लकडाउनले सबैलाई समस्यामा पारेको छ । समाजमा यसले पारेको प्रभाव मैले गीतमार्फत भन्न खोजेको हुँ ।’ गायक तथा संगीतकार जिवन सुनारले भने–‘गीतमार्फत यो दुख अब हटाईदेऊ भनेर इश्वरसँग पुकार पनि गरेको छु ।’
सुनारले यसअगाडि पनि थुप्रै चर्चित गीतहरु दिइसकेका छन् । ‘माया यो कस्तो माया’, ‘दुरी’, ‘म मर्दा रुन बस्नेहरुलाई’, ‘जिवनसंगीनि’ जस्ता गीतहरुले दर्शकमाझ निकै राम्रो छाप छाडेका थिए । आफ्नो पछिल्लो गीत ‘बिन्ती सुनिदेउन’लाई दर्शक स्रोताले अघिल्ला गीतहरु जस्तै मन पराईदिनेमा आफू विश्वस्त रहेको सुनारले बताए । यो गीतको संगीत सुनारको आफ्नै हो भने शब्द निर्देशक नेत्र गुरुङसँग मिलेर लेखेका हुन् ।
भिडियोमा यसअगाडि निर्मित छोटो फिल्म ‘नाम्लो’कै चरित्रमार्फत् कथावाचन गरिएको छ ।
अभिनेता प्रकाश घिमिरेले पनि आफूलाई गीत निकै मन परेको बताए । ‘त्यसैमाथि मलाई अति नै गज्जब लागेको चरित्रलाई पुनः गीतमार्फत जिवन्त गर्न पाउँदा मलाई खुशी लागेको छ ।’ घिमिरेले भने–‘गीतले नाम्ले चरित्रलाई अझै उठाईदिएको छ । सँगसँगै गीत पनि भिडियोमार्फत अझै उठेको छ जस्तो मलाई लागेको छ ।’
‘बिन्ती सुनिदेउन’ गीतको भिडियोलाई मिलन शंकरले खिचेका हुन् । निर्देशक गुरुङ आफैले सम्पादन गरेको भिडियोलाई किरणराज थापाले रंग सँयोजन गरेका हुन् । योगेश काजीको एरेन्ज रहेको गीतको भिडियो निर्माणमा विजयराज अधिकारीले व्यवस्थापन गरेका हुन् ।

भिडियो …

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->