शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गजल : मनपर्छ

गजल : मनपर्छ


  • ज्योति सापकोटा
  • असार २० २०७७, शनिबार
घाँस र दाउरा गर्दा हात काटेको मनपर्छ,
घाउ बाँध्न कम्मरको पटुकी, फाटेको मनपर्छ।
काइयोले कोरी तोरीको तेल लगाई शिरमा,
घुग्रियको कपालमा चुल्ठी, बाटेको मनपर्छ।
असारे महिना छुपु र छुपू हिलोमा धान रोपी,
गीतहरू गाउँदै दुःख र सुख, साटेको मनपर्छ।
कम्मरमा पटुकी अनि शिरमा पगरी बाँधेर,
भागदौड गर्दै हिलोमा खेल्न, आँटेको मनपर्छ।
मलजल गरी पहेलपुर फाँटको धानलाई काटेर,
निनहरू बेर्दै खालोमा धान, झाँटेको मनपर्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->