बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गर्दिन एकजोर सन्धि 

गर्दिन एकजोर सन्धि 


  • वसन्त खनाल
  • असार २० २०७७, शनिबार

आकाशमा चम्किने

गड्यागुडुङ् गर्नेले
न शक्ति दिन्छ ।
न सामर्थ्य नै आँक्छ ।
शक्ति त
जो निरन्तर बगिरहन्छ
त्यो नदीमा हुन्छ ।

मलाई
समुन्द्री छालको
मतलव छैन ।
न त
वेगले वहने आँधी
तुफानको तुजुक लाग्छ ।
केवल मलाई
आफ्नै तिरतिरे धाराले
प्यास मेटाउनु गज्जब लाग्छ ।
गज्जब लाग्छ ,
देउरालीमा सुस्तरि वहने
चौतारीको शितल पवन ।

आधा पेट खाएर
पटुकी कसेर
आफ्नै आमाको
न्यानो काखमा
लुटपुटिन्छु ।
गर्दिन मद्त
वृद्धाश्रमको छानो छाउन ।
धाइआमाको काखलाई
आफ्नो मानेर ,
आमालाई
वृद्धाश्रम पठाउन ।
दाता बनेर
लगाउदिन
खादा माला र अविर।

नत मलाई एकसरो आङ
ढाक्न एकजोर सन्धि गर्नुछ ।
भए पेटभरि खाइदिन्छु ।
नभए खाली हात धोइदिन्छु ।
पुर्खाको विरासत बचाएर ,
भावि पिढिँलाई
सग्लो एकमुठी माटो दिन्छु ।
मेरो राष्ट्रियता बेचेर ,
किन्दिन अरूको राष्ट्रियता
विविध नामधारीका राष्ट्रियताहरू ।।

पत्थलाई पगालेर हिमनदी बगाइदिन्छु ।
माछापुच्छ्रेमा सुनको ज्वालप लगाईदिन्छु ।
बादललाई गाँसेर माला उनीदिन्छु ।
सगरमाथा शिरमा टोपी पहिराउँछु ।
मलाई कसैको ,
चाहिदैन एक चिम्टी माटो
दिन्न कसैलाई एक कण मेरो माटो ।।
कसैसित एकजोर सन्धि ,
गरेर जानू छैन पोइल ।।
पगाल्ने कोसिस गर्दै नगर
हीम थुप्रेको मेरो ,
फराकिलो छाति ।।

वालिङ नगगरपालिका -१४ गाएडाँडा , स्याङ्जा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->