शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मास्क नलगाई हिँड्नु भो ? याद गर्नुस् प्रहरीले पक्रिन्छ

मास्क नलगाई हिँड्नु भो ? याद गर्नुस् प्रहरीले पक्रिन्छ


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७७, सोमबार

काठमाण्डौ, २२ असार– मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो । आज सोमबार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो । गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए । ‘सरकारले लकडाउन केही खुकुलो बनाएको छ । खुकुलो बनाएपनि केही शर्तहरु तोकेको थियो । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेको थियो,’ उनले भने, ‘यही सर्तका आधारमा लकडाउन खुकुलो भएको हो तर, यहाँ मानिसहरु बिना काममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्यो त्यसैले कडाई गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->