काठमाण्डौ, २३ असार– शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो । आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन् । २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् । यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन । क्षत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । दुईमध्ये जो नेतृत्वमा पुगे पनि मिलेर काम गर्ने समझदारी उनीहरुबीच थियो ।





